• १३ बैशाख २०८१, बिहीबार
चर्चित उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । उद्योगीपती तथा कांग्रेस नेता विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको हो ।

चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन् । उहाल ट्वीटमा ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ,’ लेख्नुभएको छ।

चौधरीले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि जानकारी दिनुभएको छ । उहँँले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

Nabintech