उपप्रधानमन्त्री पोखरेलको स्पष्टिकरण:निरंकुश शाही शासनका मतियारहरू नयाँ ढंगले कुप्रचारमा लागे !

सम्धिलाई राष्ट्रिय वाणिज्य बैंककाे नियुक्तीमा हस्तक्षेप गरेको भए कानुनी कारवाही भोग्न तयार



काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा कसैलाई नियुक्त गर्न आफूले हस्तक्षेप नगरेको स्पष्टिकरण दिनुभएको छ ।

बुधबार एक प्रेसनोट लेख्दै उपप्रधानमन्त्री पोखरेलले आफुले कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता नभएको दावी गर्नुभएको छ ।

पोखरेलले आफ्ना सम्धी डा. उपेन्द्र कोइरालाई बाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेको भन्दै आलोचना भएपछि उहाँले स्पष्टिकरण दिनुभएको हो ।

विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै नियुक्ति गरिएको उहाँको भनाई छ। उपप्रधानमन्त्री पोखरेलले आफ्नो कतै हस्तक्षेप भए कानुनी कारवाही भोग्न आफू तयार रहेको समेत बताउनुभएको छ । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,उहाँले फेसबुकमा लेख्नुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएका बेला पनि आफ्नो बारेमा कुप्रचार गरिएको पोखरेलले गुनासो गर्नुभएको छ । घरको पानी ट्यांकीमा पैसा राखेको भनेर आफ्नो बारे गलत प्रचार गरिएको उहाँको दाबी छ।

ुविगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ुघरको पानी ट्यांकीमा पैसा राखेकोु कुप्रचार गरिएको पोखरेलले टिप्पणी गर्नुभएको छ । अन्यतमा उपप्रधानमन्त्री पोखरेलले निरंकुश शाही शासनका दुष्ट मतियारहरू नयाँ ढंगले आफु बिरूद्ध स्वर उरालिरहेहेको तर आफु म ती सबैलाई चुनौती दिएको पनि दावी गर्नुभएको छ ।

Nabintech