काठमाडौं उपत्यकामा तिन हजार शैयाको आइसोलेसन बेड तयार गर्ने


काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ।

स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका उपत्यकाका सासंसदहरुलाई जिम्मेवारी पनि तोकिएको छ ।

बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउनस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आग्रह गरीएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
छलफलमो संक्रतिमको पहिचान र परिक्षण, स्थानीय तह, आइसोलेसन केन्द्र स्थापना तथा संचालन, प्रदेस सरकार र सघन उपचारसहित आवस्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका छन् ।

Nabintech