• १४ बैशाख २०८१, शुक्रबार
चमत्कारक शैलीमा लोडसेडिङ हटाउने कुलमान घिसिङलाई आज किन हुदैछ हटाउने खेल ?

वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा ल्याए



काठमाडौं । चार वर्षअघि नेपालमा दैनिक १८ घन्टा सम्म लोडसेडिङ हुन्थ्यो । रात परेपछि आम सर्वसाधारणलाई मैनबत्ती र वैकल्पिक बत्तिको जोहो गर्न हतारो हुन्थ्यो । कलकारखानाहरू पेट्रोलियम पदार्थमा निर्भर हुन्थे । लोडसेडिङ अन्यतका प्रायय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भनेर सम्बोधन गर्दा उहाँमाथी अन्याय नहोला ।

१८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उहाँ आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो ।

लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही पनि कमाउनुभएको छ । ऊर्जा क्षेत्रको सिस्टम उहाँले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ । अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । केहीले वर्तमान ऊर्जामन्त्री वर्षमान पुनको पालामा उहाँको पुनरागमनको सम्भावना न्युन रहेको पनि भनिरहेका छन् ।
मन्त्री शर्माको भूमिका
यसको श्रेय तत्कालिन उर्जामन्त्री उर्जामन्त्री जनार्दन शर्माको भूमिकालाई स्मरण गर्न जरुरी छ । त्यसबेलाका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई हटाएर २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई नियुक्त गर्नुभयो ।

उहाँले असोज १ बाट कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो । तर अहिले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने चलखेल सुरु भइसेको छ । यद्यपी प्राधिकरणको निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्छ यसमा दल निकट व्यक्ति राख्ने प्रतिस्पर्धा समेत हुने गरेको छ । अहिले ऊर्जामन्त्री तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्नुभएको थियो ।

घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याउनुभएको थियो । तत्कालीन माओवादीले घिसिङलाई नियुक्त गरेको भएपनि साविकको माओवादीभित्र पनि विभिन्न गुट उपगुट हावी रहेकाले आफू निकटका व्यक्ति ल्याउन चर्को लबिङ भइरहेको बताइन्छ ।

आखिर कसरी १८ घन्टासम्म लोडसेडिङ शून्यमा झर्यो ?

पहिले के कारणले चर्को लोडसेडिङ भइरहेको थियो र अहिले एकाएक कसरी हट्यो भन्ने प्रश्न कुलमानलाई भेट्ने थुप्रैले तेस्र्याउँछन् ?

उहाँ बताउनुहन्छ,निर्देशकमा नियुक्त भएदेखि आफ्नो पहिलो योजना काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनु थियो । सोही सालको लक्ष्मी पुजादेखि नै उहाँले उपत्यकामा लोडसेडिङ अन्त्य भएको घोषणा समेत गर्नुभयो । कुलमानले भन्ने गर्नुभएको छ्,विधुतको लोड म्यानेजमेन्ट नै प्रमुख कारण रहेको छ ।

यसैका कारण नै लोडसेडिङ अन्त्य भएको हो ।’ घिसिङको कार्यकालमा घण्टौसम्म लोडसेडिङ खेप्नुपरेको छैन । उहाँकै नेतृत्वमा अहिले राजधानीमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने काम समेत भइरहेको छ । प्राधिकरणकै कर्मचारी भएकाले पनि हुनसक्छ । उहाँलाई विगतमै लोडसेडिङको समस्याबारे राम्रो जानकारी थियो । नेतृत्वमा आएको दुई महिनामै काठमाडौंमा लोडसेडिङ हटाएपछि उहाँको चर्चा चुलियो ।

अहिले देशभर लोडसेडिङ अन्त्य भइसकेको छ । घिसिङले लोडसेडिङ मात्रै अन्त्य गर्नुभएन, वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा समेत लग्नुभएको थियो ।
ऊर्जा क्षेत्रमा काम गर्ने अधिकांशले उहाँको कार्यकाल दोहोर्याइनु पर्ने आवाज उठाइरहेका छन् । तर खुलेर घिसिङ दोहोरिनुपर्ने माग राख्न सक्दैनन् । निजी क्षेत्रका ऊर्जासम्बद्ध व्यक्तिहरु घिसिङलाई दोहोर्याउनु पर्ने माग गर्छन् ।
यता सशक्त माध्यमका रुपमा लिइने सामाजिक सञ्जालमा ह्यासट्याग वि निड कुलमान भन्ने अभियान नै चलेको छ । विभन्न सरोकालवाला व्यक्तिदेखि लिएर आम सर्वसाधरणले समेत कुलमानका पक्षमा सामाजिक सञ्जालमा आवाज उठ्न थालेको छ ।
तर विद्युत प्राधिकरणको आगामीकार्यकारी निर्देशक कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री केपी शर्मा ओली रऊर्जामन्त्री पुनमै निर्भर छ ।अब उनलाई सरकारले दोहोर्याउँछ वा नयाँलाई अवसर दिन्त्छ त्यो भने हेर्न नै बाँकी छ ।

Nabintech