• १४ बैशाख २०८१, शुक्रबार
‘कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर–नर्सको कामलाई सही मुल्यांकन गरौ ’:वर्षा सिवाकोटी


काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

केही दिन अगाडि काठमाण्डौको वानेश्वरमा डाक्टरहरु बस्ने होस्टेलमा मानिसहरुले बस्न नदिने तथा होस्टल घेराउ गर्न पुगेको खबर सार्वजनिक भएको थियो । उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले फेसबुकमा सानो अनुरोध लेखेर फेसबुकमा उक्त कुराको विरोध जनाउनुभएको हो ।

वर्षाले फेसबुकमा लेख्नुभएको छ, ‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, माया, सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’

वर्षाले केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, डाक्टर, नर्सहरुमा पनि संक्रमण देखिएपछि उनीहरुलाई नै टोल छिमेकका मिलेर दुव्र्यवहार गरिएको भन्दै यस्तो प्रवृत्ती अशोभनिय भएको बताउनुभएको छ ।  उहाँले मानवताको नाताले पनि यस्तो अवस्थामा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल गर्नुभएको छ ।

 

Nabintech