• १६ चैत्र २०८०, शुक्रबार
सोह्र वर्षे बैँस…..!!!


कविता 

च्यापेर फोन त्यो कुरा गर्छ प्रियलाई ,
छिटै आऊ भनी बोलाउँछ भेट्नलाई !
तिमी विना व्यर्थ भाछ यो जीवनलाई,
व्याकुल छु भन्छ लाल गाला चुम्नलाई !!

सम्झिदैन भन्दा पनि सपना आएको छ,
तिम्रै लागि भनि नयन टोलाएको छ !
लैजाऊ भन्छे सोह्रै लाग्दा भरिएको छ,
तिम्रै हो बैँस तिम्रो लागि पर्खिएको छ !!

तिमीलाई कुर्दाकुर्दै यो बैस थाक्छकी,
तिमीले आएनौ भने यो इच्छा भाक्छकी !
तिम्रै आगमनसंगै यो माया बस्छकी,
भन्छे दुई आत्माले यो जीवन रम्छकी !!

लौन आयो बैस चुम्न अब के गर्नेनी,
मुटु काप्न थाल्यो अनि नयन चिम्ल्योनी !
ओठ राख्यो गालै सामु अब के गर्थ्योनी,
काप्दै अनि त्यो लाजले भुतुक्कै भयोनी !!

जंगल माझ लिप्त भई माया गास्दै थिए,
धेरै पछि भेट्दा माया साट्दै थिए !
उनीहरु ओझेल परे थाहै भएन,
मलाई लाज लाग्यो अनि लेख्नै सकिन !!

होम बहादुर थापा मगर
(दोधाराचाँदनी , कञ्चनपुर)

Nabintech