• १४ बैशाख २०८१, शुक्रबार
अछामका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण


काठमाडौं । संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। अछाम क्षेत्र नम्बर २ का नेकपाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको हो। उहाँ कोरोना संक्रमण हुने तेस्रो सांसद हुनुहुन्छ ।

ललितपुरमा अस्थाई बसोबास गरीरहनुभएका बोगटी होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएको जानकारी दिनुभएको छ ।

साउन ३० मा पिसिआर गर्नुएका बोगटीकोे रिपोर्ट नेगेटिभ आएको थियो। तर त्यसको तिन दिनपछी मंगलबार पुनःचेक गर्दा पोजेटिभ आएपछि आइसोलेनसनमा भर्ना भएको बताउनुभएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलका पिएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उहाँँका पिएले पनि स्वाब दिएका दिनुभएको थियो । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आएको भए पनि बोगटीको रिपोर्ट नेगेटिभ आएको थियो। तर त्यसको तिन दिनपछि रिपोट पोजेटिभ भएको हो ।

Nabintech