सांसदले लोगो नलगाउने चेतावनी दिएपछि संसद सचिवालयले लोगो र्फिता पठायो


काठमाडौं । चौतर्फी आलोचनापछि संसद सचिवालयले अद्यावधिक नक्साहितको सांसदहरुलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ।व्याचमा रहेको नेपालको नक्सा वास्तविक नेपालको नक्सासँग मेल नखानेसहितका त्रुटी देखिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

आलोचनापछि सो व्याचको आवश्यक परिमार्जन र सुधारकाका लागि घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर पठाइएको संसद सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
सचिवालयले विज्ञप्ति जारी गरेर व्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको र व्याच पिन तयार गरी नेपालको नक्सा अद्यावधिक गरी पुनह सासंसदहरुलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त जनाइएको छ ।

सचिवालय प्रतिक चिन्ह व्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्यमा प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ। संरचनागत रुपमै त्रुटि रहेको भन्दै सांसदले नलगाउने चेतावनी दिएपछि सचिवालयले फिर्ता गरेको हो। संसदको कार्यव्यवस्था समितिले स्वीकृत गरेर जिन्सी शाखा मार्फत व्याच पिन बनाउनका लागि अडर दिएको थियो।

व्याच पिनको डिजाइन गरेका कलाकार टेकवीर मुखियाले आफूले नमूनाका रुपमा सुझावको माग गरी पठाएको व्याच पिन नै स्वीकृत गरेर प्रयोगमा ल्याइएको भन्दै आपत्ति जनाउनुभएको थियो सचिवालयले ३५० वटा व्याच पिन बनाउन अडर दिएकोमा १९० वटा फिर्ता भएको छ। सोमबार बेलुकासम्म वितरण भएका मध्ये ७५ वटा व्याच पिनमा एकरुपता देखिएको थिएन।
दुई लाल सुनको जलप लगाइएको लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ। एउटा लोगोमा ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ।

Nabintech