• १४ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमण समुदायमा फैलिएपछि काठमाडौं उपत्यकामा बुधबार देखि निषेधाज्ञा !


काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा बुधबारबाट निषेधाज्ञा जारी भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय र निर्देशनअनुसार काठमाडौंँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गर्न लागिएको हो । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री युवराज खतिवडाले उपत्यकामा निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषद बैठकले नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताउनुभयो । बुधबारबाट निषेधाज्ञा लगाउने तयारी अनुसार काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको छ ।

कोरोना संक्रमण समुदायमै फैलिएपछि सरकारले अन्तिम विकल्पका रुपमा निषेधाज्ञा जारी गर्न लागेको हो । सर्वसाधारणले मास्क लगाउने, सामाजिक दुरी कायम गर्न छाडेपछि निषेधाज्ञा जारी गर्न लागिएको दाबी छ । निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन् ।

 

Nabintech