• १३ बैशाख २०८१, बिहीबार
कांग्रेसको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा अछामका कर्ण बहादुर बुढा मनोनित


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै गठन गरेको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा अछामका कर्ण बहादुर बुढा मनोनयन हुनुभएको छ ।

२०३४ सालबाट नेपाली कांग्रेसको राजनितिमा प्रवेश गर्नुभएका बुढा विसं २०३६ सालमा जनमत संङ्ग्रहमा बहुदलको पक्षमा खरो रूपमा उत्रिनुभएको थियो । २०४६ सालमा कांग्रेसको प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी पाउनुभएका  बुढालाइ पार्टीले २०४९ सालमा गाउँबिकास समितिको अध्यक्षको टिकट दिएको थियो ।  उहाँ भारी बहुमतले बिजयी पनि हुनुभएको थियो ।

उहाँलाई नेपाली कांग्रेसले २०५४ सालमा फेरि गाँउपालिका अध्यक्षको टिकट दियो । र उहाँ पुन: दोस्रोपटक गाँउपालिका अध्यक्षमा बिजयी हुनुभयो । तर २०५२ बाट नेपालमा सुरु भएको सशस्त्र विद्रोहले गर्दा तत्कालिन माओवादीले कांग्रेस भएकै कारणले गाउँविकास अध्यक्षबाट २०५८ निष्कासन गरेको नेता बुढाको भनाइ छ ।

सशस्त्र विद्रोह उत्कर्षमा पुगेका कारण अछामबाट अस्थाइ रुपमा बाँकेको नेपालगञ्जमा बसोबास गर्नुभयो । बाँके जिल्लामा पनि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुनुभएको थियो ।

तर बुढालाई भने पुख्र्यौली थलो अछामको तुर्माखाँदबाट नै राजनिति अगाडि बढाइ अछाम जिल्लामा नेपाली कांग्रेसकाे कार्यसमिति सदस्य पनि हुनुभयो ।

पोखरामा भएको आठौं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । २०५८ सालमा नेपाली कांग्रेस भएकै कारणले माओवादी विद्रोहीबाट सर्वस्व हरण गरेर २०६३ साल सम्म विस्थावित हुनुभएको थियो ।

Nabintech