• १४ बैशाख २०८१, शुक्रबार
नवलपरासी कांग्रेस जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन


काठमाडौ । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर हुनुभएका गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान मृत्यु भएको हो ।

गिरी कोरोना संक्रमण देखिएपछि साउन ३० गते पाटन अस्पतालमा भर्ना हुनुभएको थियो । कांग्रेस सांसद देवेन्द्रराज कंडेलले गिरीको गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको जानकारी दिनुभयो ।

Nabintech