• १३ बैशाख २०८१, बिहीबार
कालिकोटका बाढी पीडितलाई कांग्रेस नेता शाहीद्वारा पाँच लाख सहयोगको घोषणा


काठमाडौं। नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई पाँच लाख बराबरको राहत सामग्री प्रदान गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको भातृसंघ नेपाल तरुणदलका महासचिवसमेत रहनुभएका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘यो बर्सको बाढिपहिरोले कालिकोटमा निकै नै बढि मानवीय तथा धनजनको क्षती भएको छ। ३५ जनाको दुःखद मृत्यु भएको छ। पाँच सय घर भत्किएका छन्। एक हजारभन्दा बढि परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। त्यस्तै हजारौं नागरिकलाई बाढी/ पहिरोले प्रताडित र प्रभावित बनाएको छ। यस विपद र दुःखद घडिमा राज्य र सरकारको अभिभावकिय भूमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारिबाट चुकेको छ।’

उहाँले यस्तो प्राकृतिक बिपतको घडिमा मैले सरकारको आलोचना गर्नेभन्दा पनि दुई पटक सांसदको पराजित उम्म्मेद्वार भएको नाताले मेरो पनि केहि कर्तव्य हुन्छ भन्ने मैले ठानेको छु। यहि कर्तव्य र मानवीयताको नाताले साथीहरुको सहयोग तथा मेरो तर्फबाट पाँच लाख बराबरको नगद तथा आवश्यकीय सामग्री बाढी पीडितलाई सहयोग गर्ने जानकारी गराउँदछु।’
महासचिव शाहीले सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको बताउँदै आफूले विपदको समयमा आलोचना मात्रै गर्न उचित नुहने भन्दै सहयोगमा जुटेको बताउनुभएको छ ।
गत असार यता कालिकोटमा बाढी र पहिरोमा परी ३५ जनाको ज्यान गएको छ। करिब ५ सयभन्दा बढी घरहरु भत्किएका छन्। झण्डै एक हजार भन्दाबढी परिवारहरु विस्थापित भएका छन्।

 

 

 

 

Nabintech