• १३ बैशाख २०८१, बिहीबार
पेट्रोलको मूल्य बढेर १ सय ५ रुपैयाँ पुग्यो !


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ पुनह बढाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो। इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको हो ।

मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१ र ९१ रुपैयाँ कायम गरिएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

Nabintech