• १६ चैत्र २०८०, शुक्रबार
देउवाले गरे केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यको मनोनयन (नामावलीसहित)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरु गठन गर्नुभएको छ । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ ९९० बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरीएको छ ।
संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिनुभएको छ । संगठन विभाग ४१ सदस्यीय छ ।

शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा कास्कीका डा। कृष्णप्रसाद पौडेल तोकिनुभएको छ । शिक्षा विभाग ४० सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिइएको छ। । ४१ सदस्यीय यो विभागको उपप्रमुख वा सचिव भने तोकिएको छैन ।

यसैगरी मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर लाई दिइएको छ । सचिवमा बाराका परवेज अन्सारीलाई ताकिएको छ । मुस्लिम विभाग ३८ सदस्यीय छ ।

तराई–मधेश समन्वय विभाग प्रमुखको जिम्मेवारी अजयकुमार चौरसियाले पाउनुभएको छ । यसको उपप्रमुखमा सप्तरीका श्रीपत राउत र सचिवमा पर्साका रामनारायण प्रसाद कुर्मी रहनुभएको छ । तराई–मधेश समन्वय विभाग ३९ सदस्यीय बनाइएको छ ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी रमेश रिजालले पाउनुभएको छ । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ४० सदस्य छन् ।

वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेत बन्नुभएको छ । ३९ सदस्य रहेको यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन ।

आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । यो विभागको उपप्रमुखमा सुर्खेतका गोविन्दबहादुर मल्ल तोकिनुभएको छ । यो विभाग पनि ३९ सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मा अर्जुनप्रसाद जोशीलाई दिनुभएको छ। उपप्रमुख र सचिव नतोकिएको यो विभागमा ३८ सदस्य छन् ।

निर्माण व्यवसायी समन्वय विभागको प्रमुखमा बीरबहादुर बलायर बन्नुभएको छ । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ३९ सदस्य छन् ।

तरुण विभाग प्रमुखको जिम्मा शंकर भण्डारीले पाउनुभएको छ,भने सचिव नवलपुरका श्यामप्रसाद श्रेष्ठ रहनुभएको छ ।सभापति देउवाले २०७७ जेठ १७ गते तरुण विभागमा मनोनयन गर्नुभएको थियो ।

यसैगरी कांग्रेसको खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत हुनुहन्छ । देउवाले २०७७ जेठ २८ गते खेलकुद विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गनुभएको थियो । उपप्रमुखमा काठमाडौंका मोहन कुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जन मनोनित हुनुभएको छ ।

हेर्नुहोस् पूर्ण विवरण

 

 

 

 

Nabintech