• १६ चैत्र २०८०, शुक्रबार
२३ दिनदेखि अनसनरत इनफ इज इनफका अभियन्ता ईः ले अनसन तोडे


काठमाडौं । सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् ।

आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनशन तोडेको हो । स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिएका थिए ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उहाँ र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बस्नुभएको थियो । सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेकाहुन् ।

Nabintech