प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । साथै, उहाँँले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको जवाफ दिनुभएको छ। उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन अपिल गर्नुभएको छ । उहाँ अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बस्नुभएको छ ।

त्यस्तै जसपाका एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।

Nabintech