• ७ बैशाख २०८१, शुक्रबार
प्रचण्ड निवासमा कार्यरत ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण


काठमाण्डों । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष प्रचण्ड परिवारका सदस्य सहित बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको हो ।

बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभयो । सापकोटाका अनुसार बुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो।  सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण देखिएको छैन ।

Nabintech