प्रधानमन्त्री ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी

नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाको दावी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले पुर्व माओवादी गुट पार्टी फुटाउन लागि परेको गम्भिर आरोप लगाउनुभएको छ ।

बिहिबार फेसबुकमा लेख्दै १० बर्षअघि साउन अतार्थ साउन महिनामा धोवीघाट गठबन्धनको परिणतिबाट आकांक्षा र बाँडफाँँट यस्तो थियो भन्दै को को नेतालाई के पद चाहिएको थियो भन्दै लेख्नुभएको छ । थापाले १० बर्ष अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड“लाई हटाउन माओवादी केन्द्रका नेताले खेलेको रणनिति अहिले साउनमा नेकपा फुटाउन लागि परेको भन्ने आरोप रहेको छ । पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड“लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, गरी बाबुराम भट्टराई, वैद्य मोहन वैद्य “किरण“, रामबहादुर थापा“बादल“, नारायणकाजी श्रेष्ठ र नेत्रविक्रम चन्द बिप्लवको मोर्चाबन्दी गरेको उल्लेख गर्नुभएको छ । र माओवादी धारको १ दर्जन समुहमा विभाजन र विघटन भएको बताउनुभएको छ ।

धोवीघाट गठबन्धनको परिणतिबाट आकांक्षा र बाँडफाँँट यस्तो
संसदीय दलको नेता –बाबुराम भट्टराई
जनसेना ईन्चार्ज –रामबहादुर थापा“बादल“
संगठन विभाग प्रमुख –मोहन वैद्य “किरण“
उपप्रधानमन्त्री तथा गृहमन्त्री –नारायणकाजी श्रेष्ठ

यस्तै अहिले अहिले १० बर्षपछि साउनमै फेरी खुमलटार गठबन्धनको रिहर्सल गरी पार्टी फुटाउन लागि परेको बताउनुभएको छ । खुमलटार गठबन्धनको रिहर्सल गरी आकांक्षा र बाँडफाँट के कस्तो रहेको छ भनेर पनि सार्वजनिक गर्नुभएको छ । यसरी कसको के आंकक्षा र पद पाउनका लागि किन गरे भनेर पनि बताउनुभएको छ ।
राष्ट्रपति –झलनाथ खनाल
प्रधानमन्त्री –पुष्पकमल दाहाल “प्रचण्ड“
अध्यक्ष –माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री –नारायणकाजी श्रेष्ठ यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई हो त ? प्रश्न समेत तेर्साउनुभएको छ । पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ? भनेर प्रश्न गर्नुभएको छ ।  नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेछ । देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ? भन्दै प्रश्न गर्नुभएको छ ।

 

Nabintech