• ७ बैशाख २०८१, शुक्रबार
पाकिस्तान सरकारद्धारा जम्मु–कश्मीर, लद्दाख र समेटेर नयाँ राजनीतिक नक्सा जारी


काठमाडौं । पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारत सरकारले खारेज गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक कदम भन्नुभएको छ । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताउनुभएको हो ।

नक्सा सार्वजनिक गरी एक भिडियो सन्देश दिदै प्रधानमन्त्री खानले ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।’ भनि बताउनुभएको छ ।

भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।

भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्पणी गरेको छ ।

 

 

Nabintech