• १४ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि दुई साता लकडाउन गर्न विज्ञको सुझाव

विज्ञको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको भनाइ



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव छन् ।

कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएको विज्ञहरुले बताएका छन् । उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिइएको बताइएको छ ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको वैठकमा सहभागि एक विज्ञले जानकारी दिनुभयो । यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सो क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।
लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गर्नुभएको थियो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राख्नुभएको थियो । ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाउनुभएको थियो ।

Nabintech