अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसा उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो। प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारीले बताउनुभयो ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ । पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Nabintech