• १३ बैशाख २०८१, बिहीबार
राष्ट्रियसभाका चारै समितिका सभापतिको  निर्वाचन शुक्रबार तय


काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया सुरु गरेको छ । राष्ट्रियसभाका चारवटै समितिका सभापति पदका लागि यही साउन २३ मा निर्वाचन गर्ने गरी कार्यक्रम सचिवालयले प्रकाशित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को व्यवस्था वमोजिम सभा अन्तर्गतका सबै समितिका सभापतिहरुको निर्वाचन को मिति तोकिएको हो । सचिवालयले शुक्रबार दिनको १ बजे सम्बन्धित समितिहरूमा निर्वाचन हुनेगरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।
राष्ट्रियसभाको नियमावलीबमोजिम सभापति र समिति सदस्यहरूको पदावधि २ वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया सुरु गरिएको हो ।
दिगो विकास तथा सुशासन समिति, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरी राष्ट्रियसभामा चारवटा संसदीय समितिहरू छन् ।

Nabintech