• १४ बैशाख २०८१, शुक्रबार
कोरोना नियन्त्रण तथा रोकथाममा प्रभावकारी नभएको भन्दै सरकारले आरडीटी परीक्षण नगर्न निर्देशन

सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न आग्रह



काठमाडौं । सरकारले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार गरीएको नियमित प्रेस बिफ्रिङ्‌मा कोभिड १९ को निधान र पहिचानका लागि आरडीटी परीक्षण नगर्न निर्देशन दिनुभएको हो । सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न आग्रह समेत गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले समेत आरडीटी परीक्षणमा मान्यता नदिदा समेत स्वास्थ्य मन्त्रालयले भने आरडीटी परीक्षण गर्न किट खरिद गरेर सुरु गरेको थियो ।

तर जनस्वास्थ्य विज्ञहरुले पटक पटक आरडीटी बन्द गर्न र पीसीआर परीक्षणको दायरा बढाउन सुझाब दिएका थिए । विभिन्न क्षेत्रबाट आरडीटी परीक्षण भएको भन्दै विरोध जनाएपछि मन्त्रालयले आरडीटी परीक्षण रोक्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले पनि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी नहुने भन्दै आरडीटी परीक्षण रोक्न सरकारका नाममा आदेश गरेको थियो ।

Nabintech