प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिए:प्रधानमन्त्री ओली

आफू अल्पमतमा रहेको ओलीकोे स्वीकार



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको आलोचना गर्नुभएको छ ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउनुभयो । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयो, षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’

ओलीले अघि भन्नुभयो, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

आफू अल्पमतमा रहेको ओलीकोे स्वीकार

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् ।

प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताउनुभयो । भनाइले ओलीले आफू अल्पमतमा रहेको स्वीकार गर्नुभएको हो ।

ओलीले भन्नुभयो, ‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र रु माधव गुट छ । फेरि प्रचण्ड गुट । उसलाई उत्तिकै सिट दिँदाखेरि, दुईवटा मिल्दाखेरि बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ?’,।

प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने पहिले नै बुझेको बताउँदै ओलीले भने, ‘५५ र ५६ वर्ष राजनीति गरेको, ५० वर्ष अगाडि नयाँ अभियान, नयाँ आन्दोलन थालेर आएको मान्छेलाई यतिका तिकडम ?’

प्रधानमन्त्री ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि आफूले बहुमत संख्या दिएको बताउनुभयो । ‘उहाँहरुलाई मैले दिएको त्यो संख्या, एकताका लागि दिइएको थियो । एकीकरणका लागि दिइएको थियो । यो देश बनाउनका लागि दिइएको थियो । संविधान कार्यान्वयन गर्नका लागि दिइएको थियो । स्थायित्वका लागि दिइएको थियो । देश अगाडि बढाउनका लागि दिइएको थियो । तर, उहाँहरुले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो’, ओलीको निष्कर्ष छ ।

‘माधव’ प्रचण्डको मामुली कार्यकर्ता हो

कार्की ब्याङ्क्वेटमै बुधबार आफै पक्षको सुदुरपश्चिमको भेलामा माधव नेपालकै लवज निकाल्दै प्रधानमन्त्री ओलीले माधन नेपाल टिप्पणीका लागि योग्य नरहेको बताउनुभयो ।

ओलीले माधव नेपाललाई खिसी गर्दै भन्नुभयो, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ ‘सभापति पनि प्रचण्ड नै हुने । अब छेऊमा बस्न त पहिले पनि पाएकै थिए नि !’,

 

Nabintech