• १३ बैशाख २०८१, बिहीबार
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुध्‍द देशभर प्रदर्शन गर्दै,देउवाले भक्तपुर,गगन थापाले नेपालगञ्जमा सम्बोधन गर्ने

काठमाडौंमा कहाँ-कहाँ हुँदैछ कांग्रेसको विरोध प्रदर्शन ?



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न लागेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाबाहेक सबै नेताहरू आ आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सभापति देउवाले भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । नेता रामचन्द्र पौडेल भने आफ्नो गृहजिल्ला तनहुँ पुग्नुभएको छ । अन्य पदाधिकारीहरू पनि आ(आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा पुगेको मुख्यसचिव पौडेलले बताउनुभयो नेता पौडेलले तनहुँमा आयोजित दुई कार्यक्रम

काठमाडौंमा १५ स्थानमा कार्यक्रम हुने तय भएको छ । काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई सम्वोधन गर्ने उहाँको सचिवालयले बताएको छ ।
यस्तै नेपालगञ्जमा गगन थापाले सम्बोधन गर्नुहुनेछ ।
काठमाडौंमा १५ स्थानमा कार्यक्रम हुने तय भएको छ । काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुनेछ ।

काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन –

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

कांग्रेसले सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । सरकारको यो निर्णय उल्ट्याउनु पर्ने माग कांग्रेसको छ । कांग्रेसको १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा विघटनको विरुध्‍दमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

Nabintech