अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई हटाए


विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाउनुभएको छ ।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएएको भन्दै मुख्यमन्त्री राईले हटाएको बताउनुहुन्छ । आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो पूर्वमाओवादी नेता हुनुहुन्छ । उहाँ अहिले प्रचण्ड–नेपाल समूहमा हुनुहुन्छ ।

आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

Nabintech