मन्त्रिपरिषदमा आठ मन्त्री र एक राज्यमन्त्री थपिए,स्वास्थ्यमन्त्री हृदयेश,पर्यटनमन्त्री भानुभक्त !


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषद् हेरफेर र पुनर्गठनमा आठ नयाँ मन्त्री र एक राज्यमन्त्री थप्नुभएको छ ।
उहाँले केही प्रमुख मन्त्रालयका मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीमा हृदयेश त्रिपाठीलाई जिम्मेवारी दिनुभएको छ । त्रिपाठी यसअघि संघीय मामिलामन्त्री हुनुहुन्थ्यो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने पर्यटनमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यसअघि योगेश भट्टराई पर्यटनमन्त्री हुनुहुन्थ्यो । उहाँले संसद विघटनसँगै राजीनामा दिनुभएको थियो ।
शिक्षामन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई ल्याइएको छ। गिरिराजमणि पोखरेलले शिक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो । श्रेष्ठले लिइरहेको सहरी विकासमन्त्रालयको जिम्मेवारीमा भने प्रभु साहलाई ल्याइएको छ।

पद्मा अर्यालको जिम्मेवारी फेरेर उहाँलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि मन्त्रालयमा घनश्याम भुसाल मन्त्री हुनुहन्थ्यो ।
महिला तथा बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ। कानुनमन्त्रीको जिम्मेवारी पाइरहेकी शिवमाया तुङ्बाहाङ्फेले भने भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

उता जगत विश्वकर्माबाट युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीबाट हटाएर दावा लामालाई उक्त जिम्मेवारी दिइएको छ। त्यस्तै उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि हटाएर उनको ठाउँमा विमला विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।

नवनियुक्त आठ मन्त्री र एक राज्यमन्त्रीको शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा शपथग्रहण भएको छ।

Nabintech