• १६ चैत्र २०८०, शुक्रबार
अदालतप्रति भरोसा छ,संसद विघटनलाई असंवैधानिक भन्छ: प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो, ‘संविधानको मर्म र भावना,जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको उहाँले बताउनुभयो । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले बताउनुभयो ।

Nabintech