• १४ बैशाख २०८१, शुक्रबार
जनतामा जान डराउनेले आन्दोलन घोषणा गरे: प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्‍ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले प्रतिनिधसभा विघटन गर्नुपरेको बताउनुभयो ।
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै आफ्नो समूहको नेकपाको अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्‍नेहरूले पार्टी फुटाएको पनि बताउनुभएको हो । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्‍नेहरूले आन्दोलनको घोषणा गरेको बताउनुभयो । जनतामा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीले बताउनुभयो ।

देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि ओलीले बताउनुभयो । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको उहाँको भनाइ छ ।

Nabintech