अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि प्रचण्डलाई अघि सारिएको थियो !


काठमाडौं । नेकपाका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् ।
संसद्‌मा आइतबार बिहान दर्ता गराइएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि प्रचण्डलाई अगाडि सारिएको छ ।

प्रधानमन्‍त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसलाई प्रधानमन्त्री बनाउने पनि खुलाउनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १०० मा रहेको सोही व्यवस्थाअनुसार प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

Nabintech