• १४ बैशाख २०८१, शुक्रबार
विपक्षि दल एक ठाँउमा,हिउँदे अधिवेशन बोलाउन सरकारलाई संयुक्त दबाब दिने


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता सामाजवादी पार्टी (जसपा)ले सरकारलाई संघीय संसद्को हिउदे अधिवेशन तत्काल बोलाउन दबाब दिने भएका छन् ।
दुई पार्टीका शीर्ष नेताहरूको शनिबार बसेको बैठकमा हिउदे अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिने सहमति भएको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

‘हामीले हिजो संसदीय दल कार्यसमिति बैठकबाट सरकारलाई संघीय संसदको हिउदे अधिवेशन बोलाउन दबाब दिने र अधिवेशन बोलाएपछि प्रतिपक्षीको भूमिका सशक्त बनाउन अन्य विपक्षीसँग समन्वय गर्ने निर्णय गरेका थियौं,’ नेता लेखकले भन्नुभयो, ‘त्यही निर्णय अनुरुप कांग्रेस पछिको ठूलो प्रतिपक्षी जसपासँग छलफल गरेका हौं । छलफलमा अधिवेशन बोलाउन सरकारलाई दबाब दिने र अधिवेशनमा प्रतिपक्षी आवाजलाई सशक्त बनाउन समन्वय गर्ने सहमति बनेको छ ।’

बैठकमा सरकारले ल्याएको संविधान परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्ने र फिर्ता नलिएमा जसपासँग मिलेर प्रतिरोध गर्ने सहमति बनेका कांग्रेस नेता लेखकको भनाइ छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा छलफलका कांग्रेसबाट सभापति देउवासहित, नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डामीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन्थ्यो भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।

Nabintech