• १३ बैशाख २०८१, बिहीबार
पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाईसमा पौडीकी गौरिका देखि फुटबलकी सावित्रा मनोनयनमा


काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाईस विधाका ५ जनाको नाम सार्वजनीक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै पौडीकी गौरिक सिंह सहित वर्षका ५ चर्चित खेलाडीको सुचि सार्वजनीक गरेको हो ।

पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सिंह सहित करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

गत वर्ष घरेलु खेलकुदमा प्राप्त सफलता र चर्चाका आधारमा ५ खेलाडी छनोट गरिएको आयोजक संस्थाका सचिव तथा खेलाडी छनोट समितिका संयोजक गोबिन्द रेग्मीले बताए ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ ।
भाटिङ्ग ई सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाईलमा गएर भोट गर्न सकिनेछ । भोटिङ्ग शुक्रबारबाटै सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताईएको छ ।

घरेलु खेलकुदको लोकप्रिय र प्रतिष्ठित अवार्ड मानिने पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।

यस वर्ष समेत विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

वर्ष पुरुष खेलाडी, महिला खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक सहित लाईफटाईम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर गरि १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

Nabintech