• १४ बैशाख २०८१, शुक्रबार
नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको अन्तिम चारमा


काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल हुनुभएको छ ।

नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल हुनुभएको हो ।

उहाँले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाउनुभएको हो। यस्तै उहाँले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णयकलाई पस्किनुभएको थियो । उहाँले हरेक चरणमा नेपाली परिकार बनाउँदै आउनुभएको छ ।

Nabintech