• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्री ओलीले मागे संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा माग्नुभएको छ । आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा माग गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले केही दिनअघि गुरूङलाई बालुवाटार बोलाएर राजीनामा मागेको जानकारी आएको छ । स्रोतका अनुसार पार्टी निर्णय भएमा मात्रै राजीनामा दिने जवाफ गुरूङले पठाएको बताइएको छ ।
स्थायी समिति सदस्य गुरूङ पूर्व माओवादी पक्षधर हुनुहुन्छ । नेकपाभित्रको अन्तरसँघर्षमा उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई साथ दिनुभएको छ ।

Nabintech