• १४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीलाई लोहनीको व्यंग्य:’ एक्लै गणपूरक संख्या पुग्ने अध्यादेश ल्याउनुस्’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)अध्यादेशको विरोध गर्नुभएको छ ।

६ जना सदस्य रहने संवैधानिक परिषद्मा तीन जनाले नै निर्णय गर्न पाउने गरी संशोधन गरिएकोप्रति डा. लोहनीले व्यंग्यात्मकशैलीमा प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

अध्यक्ष लोहनीले ट्वीटरमा लेख्नुभएको छ,आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह छ,अब संवैधानिक परिषद्मा अरु कोही नचाहिने र प्रधानमन्त्री एकजना भए पनि सबै निर्णय गर्न गणपूरक संख्या पुग्ने संशोधन राष्ट्रपति कहाँ पठाउनुस्,’ ‘जारी हुने पक्कै छ, अनि जे गरे पनि हुन्छ ।’

Nabintech