• ६ कार्तिक २०७८, शनिबार
सभामुखलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद :देउवा


काठमाडौँ । कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो पार्टीको प्रष्ट विमति रहेको भन्दै उनले ओली सरकारमा सर्वसत्तावाद सोच झनै प्रष्टिएको बताउनुभयो ।

उहाँले ट्विटरमा लेख्दै भन्नुभएको छ, ‘ उपपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

Nabintech