• १४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीसहित ३ जना भए पनि संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी राष्ट्रपतिद्वारा अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिक मन्त्रिपरिषद्‍को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ ।

आकस्मिक बसेको मन्त्रिपरिषद्‍ बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको कुरा सार्वजनिक भएको थियो । तर मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले मंगलबार दिँउसो अपरान्ह अध्यादेश जारी गर्नुभएको थियो । तर मन्त्रिपरिषदमा पनि छलफल नै नभय अध्यादेश आएको भन्दै मन्त्रीहरु नै चकित परेका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्। मंगलबार बिहानको बैठकमा भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागि हुनुभएको थियो । तर सापकोटा भने बैठकमा सहभागि हुनुभएको थिएन् ।

संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि ऐनको दफा ६ को उपदफा ३ मा बैठक बस्न अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने व्यवस्था छ।
हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आउनुभएको छ । सभामुख सापकोटा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुनुहुन्छ ।

गत वैशाख ८ गते पनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदमा आफूले चाहेको बखत बैठक बोलाएर विपक्षी दलको नेताको अनुपस्थिति वा असहमतिमा पनि निर्णय लिन सक्ने प्रावधानसहितको अध्यादेश जारी गर्न सिफारिस गर्नुभएको थियो ।

उक्त अध्यादेशका अतिरिक्त राजनीतिक दल सम्बन्धी अध्यादेश समेत जारी गराएका ओलीले स्वयं सत्तारूढ दलभित्रैबाट समेत विरोध भएपछि चारदिनपछि वैशाख १२ दुवै अध्यादेश फिर्ता गर्नुभएको थियो ।

Nabintech