• १४ बैशाख २०८१, शुक्रबार
लोकतन्त्रका लागि होइन,ज्यान मुद्दामा प्रधानमन्त्री ओली १४ वर्ष जेल बसेका हुन्:रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल बसेको टिप्पणी गर्नुभएको छ ।
बुधबार गृहजिल्ला तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्द्घाटन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभयो । पौडेलले भन्नुभयो,यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भेर क-कसले भन्नुभयो । होइन,ज्यान मुद्दामा बसेको हो’उहाँले भन्नुभयो ‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो । यो लोकतन्त्रका लागि हो रु केपी ओली मेरो अगाडि कुरा गरोस् ।’

जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ रु भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उहाँको दाबी छ । पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाए । ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि । विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो रु राष्ट्रवाद त्यही हो ?’उहाँले प्रश्न उठाउनुभयो ।

किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि ‘गधालाई जति धोएर गाई बनाउन सकिएन । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गर्दै पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताउनुभयो ।

 

Nabintech