प्रधानमन्त्री ओलीले पनि खोले ‘टिकटक अकाउन्ट’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टिकटक अकाउन्ट’ खोल्नुभएको छ । आइतबार बनाइएको उहाँको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’

अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज झण्डै १ लाख ९४ हजार, १४ हजारभन्दा बढी लाइक आइसकेको छ। हाल ३१३० जनाले फलो गरेका छन्।

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीबीच ‘डिजिटलाइज्ड युगको सुरुआत’ भएको बताउनुभएको छ । कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीका अनुसार सरकारले मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाएर सिंहदरबार र बालुवाटारमा एक्सन रुम स्थापना गरी भर्चुअल प्रविधि प्रयोगमार्फत डिजिटलाइज्ड युगको सुरुआत भएको छ।

Nabintech