राजावादीहरुको बाइक र्यालीमा सहभागि नहुन सरकारको आग्रह


काठमाडौं । सरकारले राजावादीहरुको गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले देशका विभिन्न भागमा केही दिन यता भइरहेको राजावादीहरुको प्रदर्शनतर्फ लक्षित गर्दै यस्तो आग्रह गर्नुभएको छ ।

प्रवक्ता गुरुङले भन्नुभयो ‘जसरी अहिले सरकारको विरुद्धमा केही गतिविधि छन् । हामी नेपालको संघीयता, स्थिर सरकार, विकासका विरुद्ध जुन गतिविधि भइरहेको छ । शीर ठाडो पारेको छ । नेपाल सरकार त्यसमा सचेत छ ।’

हामीले त्यस्ता गतिविधिमा नलाग्न, सहभागि नहुन नेपाल सरकार आह्वान गरेका छौं । सचेत रहन हामी जनता, नागरिक समाज, राजनीतिक दल सबैलाई आग्रह गर्दछौं,” ।

त्यस्तै, उहाँले संकटको घडीमा एकतावद्द हुन सबैलाई आग्रह पनि गर्नुभयो । राजसंस्था पक्षधरहरुले केही दिन यता देशका मुख्य शहरहरुमा बाइक र्याली निकालेका थिए ।

Nabintech