• १६ चैत्र २०८०, शुक्रबार
‘दुर्घटनाबाट बचेर नयाँ जिवन पाएको छु,जिल्लाका उद्योगी,व्यापारीका आवाज उठाउनेछु’:च्रक अधिकारी (अन्तरवार्ता)


नेपाल उद्योग वाणिज्य महासङ्घको यही मङ्सिर १३ गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष बाहेकको नयाँ कार्यसमति चयन गर्दैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल आफ्नो प्यानलसहित चुनावी माहोल आफ्नो पक्षमा बनाउन जुटिरहेका छन् । चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका गराउनुभएका केन्द्रिय सदस्यका पदका उम्मेदवार तथा कोहलपुर उद्योग वाणिज्य सङ्घका अधयक्ष चक्र अधिकारीसंग चुनाव नजिकिएसँगै जितप्रतिको विश्वास,चुनावी एजेन्डा लगायका विषयमा केन्द्रित रहेर शिलालेखकर्मी कमला हमालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी प्रचारप्रसारका क्रममा दुर्घटनामा पर्नुभयो,कसरी र्दुघटनामा पर्नुभयो तपाईका शुभचिन्तक तथा मतदातालाई बताइदिनुहोस ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी प्रचार प्रसारकै क्रममा गत कात्तिक १७ गते वगनाशकाली गाउँपालिका वडा नं ३ बेलउतीडाँडामा सडक दुर्घटनामा परे । व्यक्तिगत कामका लागि नभइ व्यापारीक हक हितका लागि चुनाव प्रचारका क्रममा मैले आफैले चलाएको बा १८ च ४३४१ नम्बरको कारमा सवार पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य समेत घाईते भयौ । कार सडकबाट १५० मिटर तल खस्दा मेरो ढाडमा गम्भीर चोट लागेको थियो । पाल्पा उद्योग वाणिज्य संघका साथीहरुले दुर्घटनाम पर्नासाथ हामीलाई चाँडोभन्दा चाँडो उद्धार गरेर काठमाण्डौंस्थित हाम्स अस्पतालमा हेलिकोप्टरमार्फत पठाउनुभयो। अस्पतालमा करिव १ हप्ताको बसाइपछि अहिले घरमै आराम गरेर बसेको छु । हिडडुल गर्न,आफैले फोन गरेर मतदाता साथीहरुसंग भोट माग्ने काम गरीरहेको छु । मतदानको दिनमा आफै सहभागि पनि हुनेछु ।

कोहलपुर  उद्योग वाणिज्य संघ स्थापना भएको लामै समय भएको छ तर अहिलेसम्म महासंघको नेतृत्वमा पुगेको छैन्,तपाइले उम्मेदवारी दिने योजना कसरी बनाउनुभयो ?
२०५५ सालमा स्थापना भएको कोहलपुर  उद्योग वाणिज्य संघ २०७२ सालमा महासंघमा आवद्ध भएको हो । महासंघमा जोडिएको करवि ५ बर्षपछि बाँकेको कोहलपुरबाट प्रतिनिधित्व हुनेगरी पहिलो पटक महासंघको नेतृृत्वकालागि उम्मेदवारी दर्ता गराएको छु । कोभिड–१९ का कारण गत चैतमै हुनुपर्ने चुनाव पटक पटक सर्दै आएको थियो । आफुले कोहलपुर क्षेत्रको प्रतिनिधित्व र कोहलपुर क्षेत्रको प्रचारका लागि समेत आफ्नो उम्मेदवारी रहेको छ । जिल्ला, नगरमा भएका विभिन्न कार्यक्रमा सहभागी भएको बताउनुभयो ।

चुनाव नजिकिँदै छ,आफ्नो जितप्रति कतिको विश्वास बढ्दै गइरहेको छ ?

मेरो जित अर्थात हाम्रो प्यानलको जितप्रति २ सय प्रतिशत विश्वस्थ छु । किनभने म कर्म र कर्तव्यमा हिँडेको मान्छे हुँ । हाम्रो नयाँ इतिहास कायम गर्ने लक्ष्य छ । नेपालभरका सम्पूर्ण उद्योगी, व्यवसायीको हितका लागि अघि बढेर काम गर्छौं ।

तपाईंको चुनावी एजेन्डा केके छन् ?
अहिले माक्रेट विग हाउसले ओगटेका छन् । विग हाउसका उद्योगी व्यापारीहरुले गाँउघर र दुरदराजमा बस्ने व्यापारी तथा व्यवसायीका समस्या नबुझ्ने हुदा आफुले उहाँहरुको समस्या उठान गर्नेछु । ब्यवसायीक हकहित नै आफ्नो पहिलो लक्ष्य रहेको छ । यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ बढी चलायमान बनाउन आफूले महासंघको खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।

चन्द्र ढकाल प्यानलबाट तपाई केन्द्रिय सदस्यमा उम्मेद्धारी दिनुभएको छ,चन्द्र ढकाल प्यानलमै किन जोडिनुभयो ?

किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघलाई आवश्यक पर्ने व्यक्ति हो । तर महासंघको नेतृत्वमा प्रधान जी धेरै पटक जोडिएको हुनुहन्छ भने ढकाल जी नेतत्वदायी,सरकारसंग उद्योगी व्यवसायीका समस्यामा सरकारसंग डिल गर्न सक्ने व्यक्ति भएको हुनाले पनि उहाँको सम्भावना राम्रो छ । उहाँको सरलपना र व्यवसायीक हकहितका लागि लड्ने व्यक्ति हो । सानो व्यवसायबाट यो क्षेत्रमा प्रवेश गरेको मान्छे हो । के थाहा भने एकदमै सानोदेखि मझौला, ठूलो कर्पोरेट हाउस र विदेशी लगानीसम्म अनुभव छ। यी हरेक विन्दुमा हुने समस्याबारे म जानकार छु। आफैंले भोगेको छु। धेरै क्षेत्रको समस्या थाहा छ र यी क्षेत्रका नियामकसँग डिल गर्ने विषय पनि अनुभव छ। त्यसैले म उँँहासंग जोडिएको हुँ ।
बाँके जिल्लाबाट मात्रै ३ जना उम्मेदवार हुनुहुन्छ,एकजना उठौ भन्ने सहमति किन हुन सकेन् ?

नेपालगञ्ज उद्योग वाणिज्य संघबाट पटक पटक उम्मेदवार बन्नुभएको छ । भने धेरै पटक केन्द्रिय सदस्यमा पनि विजयी पनि हुनुभएको छ । तर कोहलपुर उद्योग वाणिज्य संघ कान्छो संघ भएतापनि आफ्नो क्रियाकलाप र सामाजिक उत्तरदायित्वमा अगाडी रहेको छ । कोहलपुर उद्योग वाणिज्य संघको आफ्नो अस्तित्वका लागि पनि मेरोे उम्मेद्धवारी रहेको छ।

Nabintech