सरकारको लोकप्रियता देखेर आत्तिएकाले पार्टी फुट्ने हल्ला फैलाए:प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियता देखेर आत्तिएकाले पार्टी फुट्ने हल्ला फैलाएको बताउनुभएको छ ।

वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएकाले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह समेत गनुभयो ।

फक्ताङलुङको घुन्सामा भएको कार्यक्रममा सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएकोन उहाँको भनाइ थियो ।

उहाँले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Nabintech