• ११ बैशाख २०८१, मंगलवार
सशस्त्रका गोपीचन्द्र पार्कीले जिते नेपालगञ्ज म्याराथनको उपाधि

हाफ म्याराथन पनि सशस्त्रकै पुष्पा भण्डारीलाई



नेपालगञ्ज । छैठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जित्नुभएको छ ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो हुनुभएको हो । उहाँ १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुनुहुन्छ ।

नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभएको छ । उहाँ निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

यस्तै हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जित्नुभएको छ । शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उहाँले उपाधि जित्नुभएको हो ।१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गर्नुभएको छ । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जित्नुभएको छ ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गर्नुभएको छ । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्नुभएको हो । उहाँले १० हजार रुपैयाँ पाउनु हुनुेछ ।

Nabintech