• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्री ओलीले आफूविरुद्ध लागेका पार्टीका शीर्ष नेताको गुप्तचर लगाएर गरे निगरानी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूको गुप्तचर लगाएर निगरानी गरीरहेको खुलासा भएको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरेर अध्यक्ष प्रचण्डसहित नेकपा सचिवालयका सदस्य माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, झलनाथ खनाललगायतका नेताहरूको भेटघाट र गतिविधिमाथि निगरानी राखेको खुलेको हो ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री ओली विरुद्धमा १९ पेज लामो राजनैतिक प्रतिवेदन सहितको भष्टाचारी संरक्षण गरेको आरोप लगाउनुभएको थियो । सोही प्रतिवेदनपछि प्रधानमन्त्री कार्यालयले प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरू नेपाल, गौतम, खनाल र श्रेष्ठमाथि निगरानी बढाएको विभाग स्रोतको दाबी छ ।

उहाँका अनुसार, नेताहरूको गुप्तचरी गर्न छुट्टाछुट्टै टिम बनाएर अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गरिएको छ । रातिको समयमा समेत नेताहरूमाथिको निगरानी बढाइएको छ ।

Nabintech