• १३ बैशाख २०८१, बिहीबार
माफ नेपालको प्रथम वार्षिक अधिवेशन सम्पन्न,नयाँ ९ सदस्यिय कार्यसमिति निर्वाचित

अध्यक्षमा अधिकारी र महासचिवमा तोलाङे निर्वाचित



काठमाडौं । पैरवी पत्रकारहरुको साझा मञ्च मिडिया एड्भोकेसी फोरम (माफ) नेपालको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आइतबार सम्पन्न माफको प्रथम साधारण सभा तथा अधिवेशनले नयाँ ९ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो । नयाँ अध्यक्षमा संस्थापक अध्यक्ष बिदुर अधिकारी पुन निर्वाचित हुनुभएको छ । भने महासचिवमा निरोज तोलाङे निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा आइसा मैनाली निर्वाचित हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा कमला हमाल,नर बहादुर बि.क,जानुका भट्टराई,मकलसिं राई,शंकरदत्त भट्ट र सन्तोष सुन्दास निर्वाचित हुनुभएको छ । निर्वाचन समितिमा सस्थाका सल्लाहाक डा.बि.पि खनाल र लक्ष्मेश्वर महत्तो रहनुभएको थियो ।

निर्वार्चित अध्यक्ष विदुर अधिकारीले पैरवीका साझा मुद्धाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लैजाने र यस अभियानमा सम्पूर्ण पत्रकारहरुलाई यस अभियानमा जोडिन समेत आग्रह गर्नुभएको छ ।

मिडिया एड्भोकेसी फोरम नेपाल पैरवी पत्रकारहरुको साझा मञ्च हो । जो बिधिवत रुपमा दर्ता भइ निरन्तर मिडियाको क्षत्रबाट अल्पसंख्यक धार्मिक समुदाय, दलित उत्पीडित सिमान्त्कृत बर्ग तथा समुदाय लगायत जो आफ्नो आवाज उठान गर्न र हक अधिकारको वकालत वा पैरवी गर्न सक्दैनन्  त्यस्ताहरुको आवाज मुखारित गर्ने र उनीहरुको पक्षमा मिडियाद्वारा आवाज उठान गर्दै निरन्तर सरकार र सम्बन्धित सरोकारवालाहरुसङ पैरवी गर्ने मुख्य लक्ष्य रहेको छ र सो अनुसार आफ्नो पैरवीका कामहरु गर्दै आइरहेको छ ।

 

Nabintech