• १३ बैशाख २०८१, बिहीबार
प्रचण्डले पेश गरेको राजनैतिक दस्ताबेजमाथि ओली गुटका नेताहरु खनिए,दस्तावेजलाई भने भ्रमको पुलिन्दा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको झगडा सामाजिक सञ्जालमा पनि छरपष्ट भएको छ ।
दुई अध्यक्ष पक्षधरका नेताहरु एकअर्कालाई दोषी देखाउन सामाजिक सञ्जालमै उत्रिएका छन् । एक अर्कालाई दोषी देखाउँदै जारी गरेका पत्र जुहारीले विवाद थप छरपष्ट बनाएको छ। ओलीका कमजोरी समावेश गरेर प्रचण्डले बिहीवारको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

दुई अध्यक्षको पत्रको विषयमा सामाजिक सञ्जालमा नेताहरुबीच दोहोरी नै चलिरहेको छ। ओली निकट नेताहरु प्रचण्डमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन्। भने प्रचण्ड निकट नेताहरु उहाँको बचाउमा जुटेका छन्। नेताहरुको आरोप प्रत्यारोपले पार्टी एकताको गम्भीर मोडमा पुगेको दुवै पक्षका नेताहरुले स्वीकारेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको बताउनुभएको छ । उहाँले प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न आग्रह पनि गर्नुभएको छ । ओलीको कुर्सी बचाउन पटकपटक काठमाडौं धाइरहेका पोखरेलले खुलेरै प्रचण्डको पत्रको विरोध गर्नुभएको छ ।
‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु,ु उहाँले फेसबुकमा भन्नुभएको छ ,व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ।’

त्यस्तै, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रचण्डको दस्ताबालाई अविश्वासको प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणित आरोपको पुलिन्दाको संज्ञा दिनुभएको छ । पार्टीको एकता जिवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार समाप्त पारेजस्तो देखिएको बताउनुभएको छ । बास्कोटाले भन्नुभयो,’अविश्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणित आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जिवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रूपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्नेरु मर्जी आफ्नै त हो !’

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको आरोप लगाउनुभएको छ । उहाँले प्रचण्डको दस्तावेजलाई भ्रमको पुलिन्दाको संज्ञा दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘अराजनीतिक प्रस्ताव स्वयममा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टिकरण हो। यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन। पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो, थापाले भनेका छन्। उहाँले नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको भन्दै अविलम्ब फिर्ता गर्नुपर्ने माग समेत गर्नुभएको छ ।’
नेकपा केन्द्रीय सचिवालय सदस्य एवं उपप्रधामन्त्री ईश्वर पोखरेलले पार्टी बचाउने हो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावका रुपमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप फिर्ता लिनु पर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दुराग्रहका साथ प्रस्तुत प्रस्तावहरु फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्ताउने भन्दै प्रचण्डलाई प्रश्नसमेत गर्नुभएको छ । प्रचण्ड मात्रैले नभई नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नुपर्ने पोखरेलको भनाई छ।

ओली निकट उहाँले सहमतिकासाथ अघि बढ्नु पर्नेमा पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्तै असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको बताउनुभएको छ र
उता, सरकारका उर्जामन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रचण्डले बुझाएको प्रतिवेदनको बचाउ गर्नुभएको छ । सामाजिक सञ्जालमा लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएको बताउनुभएको छ ।

ुपार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहस को सुरुवात भएको छ। पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदीजस्तो हो। पार्टीमा हुने छलफल, बहस, अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन सक्दैन,ु उनले भनेका छन्, ुपार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै विना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधी,पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु।ु

त्यस्तै, नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पार्टी एकतापछि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

उहाँले आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्विकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव ओलीले फिर्ता लिनुस् भन्न मिल्नसक्ने बताउनुभएको छ तर, बैठकमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हुने उहाँको भनाइ छ। सापकोटाले जिम्मेवार व्यक्तिले फुटकेफ धम्की नदिन चेतावनी दिनुभएको छ ।

ुपार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु (धम्क्याउन) हो।भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस्। पार्टी कमिटीमा प्रस्तुत विषय कमिटीमै छलफल हुन दिऊँ। जिम्मेवारहरुले फुटको धम्की नदिऊँ,

प्रचण्डले प्रतिवेदनमा ओलीका कमीकमजोरी उल्लेख गर्दै गम्भीर आरोप लगाउनुभएको छ । उहाँले पार्टी एकतादेखि हालसम्मका घटना, सरकारका काम कारवाहीप्रति टिप्पणी गर्नुभएको छ । प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा गरिएको निर्णय पालना नगरेको र आफूविरुद्ध ओलीले गुटबन्दी गरेको उल्लेख गर्नुभएको छ ।

 

Nabintech