कांग्रेसका प्रमुख नेतादेखि आधा दर्जन केन्द्रिय सदस्यमा कोरोना संक्रमण


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

वरिष्ठ नेता पोडेलका अनुसार केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र पाण्डे, सुजाता परियार, केन्द्रीय सदस्यहरु फर्मूला मन्सुर,किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण देखिएको हो।

नेता पोडेलले ६ नेतामा कोरोना पोजिटिभ देखिएकोमा दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
यसअघि महामन्त्री शंशाक कोइराला,गगन थापा, अर्जुनरसिंह केसी लगायतका नेतामा कोरोना पुष्टि भएर पनि निको भइसक्नुभएको ।

Nabintech