• १३ बैशाख २०८१, बिहीबार
आफैले काम गरेको अस्पतालमा बेड नपाएर गयो राजारामको ज्यान


काठमाडौँ । २०४७ सालदेखि महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा कार्यरत ४५ वर्षीय राजाराम इटनीले आफैले काम गरेको अस्पतालमा आइसीयू बेड नपाएर ज्यान गएको छ ।

दसैँ मनाउन आफू र श्रीमतीसँग धादिङ्गमा गएका थिए । दसैँ मनाए,अनि काठमाडौँ फर्किए। काठमाडौँ फर्किए पनि काममा भने फर्किन सकेका थिएनन् । ४५ वर्षीय राजाराम इटनी। इटनी ३० वर्षदेखि महाराजगञ्ज स्थित शिक्षण अस्पताल लेखा अधिकृतका रुपमा कार्यरत थिए।

उहले आफूलाई सन्चो नभएको भन्दै केही दिन बिदा थपे। घरमै आराम गरे। बिदा सक्काएर काममा फर्किनु पर्ने उनी अस्पातल भर्ना हुन आफैले काम गर्ने अस्पतालमा सोमबार राती पुगे।

अस्पताल पुग्दा उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो। उनलाई आइसीयूमै भर्ना गर्नु पर्ने थियो। तर अस्पतालमा आइसीयू बेड खाली थिएनन्।

जसरी पनि उनलाई आइसीयूमा राख्नै पर्ने भएका कारण उनको परिवार आइसीयू बेड खोज्न लाग्यो। काठमाडौँका अन्य अस्पतालमा बेड नभेटिए पनि उनको परिवारले बुढानिलकण्ढस्थित करुणा अस्पतालमा बेड पायो र उनलाई उतै लगे। आइसीयूमा भर्ना गरे।

शिक्षण अस्पतालमै हुँदा उनको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक थियो। उनको परिवारले उनलाई अस्पताल त पुर्‍यायो। तर उनको ज्यान भने जोगाउन सकेन। आइसीयूमा भर्ना भएको केही बेरमै उनले संसार छोडे।

उनी ३० वर्षसम्म अस्पतालमै काम गरे। तर आफैले काम गरेको अस्पतालमा उनले उपचारका लागि बेड पाउँन सकेनन्।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका अस्पतालका आइसीयू, भेन्टिलेर भरिभराउ छन्। संक्रमणका कारण स्वास्थ्य स्थिती जटिल भए पनि बेड अभाव भएका कारण धेरैले ज्यान गुमाउनु परेको छ।

 

Nabintech