• १४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीले’रअ’ प्रमुख भेट्नु नेकपाको नीति र कुटनीतिक मर्यादा विपरित:भीम रावल


काठमाडौं । नेकपा नेता एवं पूर्व रक्षामन्त्री भीम रावलले भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित र आपत्तिजनक भएको बताउनुभएको छ ।

रअ प्रमुख सामन्त गोयलले बुधवार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी गराइसकनुभएको छ । नेकपास्थायी कमिटी सदस्य सरावलले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले गोयललाई भेट्नु रावलले सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भएको बताउनुभएको छ ।

रावलले लेखनुभएको छ ,‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ’

बुधवार नेपाल आउनुभएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल बिहीवार स्वदेश फर्किसक्नुभउको छ ।

Nabintech