प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल


काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर काठमाडां फर्किनुभएको छ ।

रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकार दिनुभएको हो ।

भेटका क्रममा उहाँले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको पनि प्रेस सल्लाहकार थापाले बताउनुभएको छ ।

केही सञ्चारमाध्यममा रअ प्रमुख गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको समाचार प्रकाशित भए पनि त्यसलाई दाहालको सचिवालयले खण्डन गरेको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि रअ प्रमुखलाई भेटेको भन्ने खबर झुटो भएको स्पष्टीकरण दिनुभएको छ । भने यता प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेट नगरेको स्पष्ट पारेको छ।

रअ प्रमुख गोयल चार्टर्ड विमानबाट बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किनुभएको छ ।

 

Nabintech